सबैको समाचार
आइतवार, माघ ६, २०८१
  • होमपेज
  • प्रसुति गृहको सञ्चालनमा आफ्नै फार्मेसी

प्रसुति गृहको सञ्चालनमा आफ्नै फार्मेसी

4375
Shares
प्रसुति गृहको सञ्चालनमा आफ्नै फार्मेसी

थापाथलीस्थित प्रसुति गृहले आउँदो हप्तादेखि पूर्ण सञ्चालनमा आउने गरी आफ्नै फार्मेसी सञ्चालनमा सञ्चालनमा ल्याएको हो ।
फार्मेसी पूर्ण रुपमा सञ्चालनमा आएपछि केही औषधिहरु सर्वसाधरणहरुले झण्डै चार गुणा सस्तोमा अस्पताल परिसरबाटै खरिद गर्न सक्ने अस्पताले प्रशासनले दाबी गरेकोे छ । सार्वजनिक खरिद ऐनमार्फत औषधि खरीद गर्नु पर्ने हुदाँ औषधी ल्याउनमा समस्या भएको निर्देशक प्रा. डा. आमिर बाबु श्रेष्ठले जानकारी दिए ।
औषधी आउनासाथ यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने अस्पताल प्रशासनले बताएको छ । हाल अस्पतालको फार्मेसीमा सय विभिन्न प्रकारका औषधी उपलब्ध छ ।
सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्नकै स्वास्थ्य मन्त्रालयले केन्द्रिय स्तरका अस्पतालहरुलाई ३० लाख, जिल्लास्तरीय अस्पतालहरुलाई २५ लाख तथा स्वास्थ्य चौकीहरुलाई १५ लाख अनुदान सहयोग गर्दै आएको र सोही अनुदनमार्फत प्रसुति गृहले पनि फार्मेसी सञ्चालनमा ल्याएको हो ।

4375
Shares

ट्रेन्डिङ