धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।
बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी १५ वर्षीया प्याउरी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।