सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बोक्सी भन्दै महिलामाथि कुटपिट

बोक्सी भन्दै महिलामाथि कुटपिट

580
Shares
बोक्सी भन्दै महिलामाथि कुटपिट

महोत्तरी । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।

महोत्तरीको भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपिट भएको दाबी गरेकी हुन् ।

सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् ।

राजेशको आफन्तका दुई महिनाअघि दुई महिने शिशुको मृत्यु भएको थियो । त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । तर बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ ।

580
Shares

ट्रेन्डिङ