सबैको समाचार
शनिबार, जेष्ठ ४, २०८२
  • होमपेज
  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु , एक गम्भीर घाईते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु , एक गम्भीर घाईते

590
Shares
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु , एक गम्भीर घाईते

धनगढी । कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-३ ढुंगे बजारमा भे१त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।

मृत्यु हुनेमा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका २ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली रहेका छन् । २० वर्षीय दिलबहादुर नेपाली घाइते भएका छन् ।

घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । ।

590
Shares

ट्रेन्डिङ