काभ्रे :- काभ्रेको रोशी गाउँपालिका – ५ मा रहेको ठकुरानी तामाङ्गको बुद्धचित मालाको बोट काट्ने र केही बर्ष अगाडी सोहि माला हातहतियार सहितको समूहले लुटेको गिरोहका ३ जना जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विस्पोटक पदार्थ र सङ्गठित अपराधमा रोशी गाउँपालिका वडा न. ५ निवासी ४१ वर्षीय सागर भानिन्ने राधाकृष्ण मैनाली ,सोही वडाकै २७ वर्षीय बिजय हुमागाई लाई गत १० गते पक्राउ गरेको काभ्रे प्रहरी जनाएको छ।
सोहि मालाको बोट कुरेर बसेको कुरुवाहरुलाई २०७७/०३/११ गते ४०/५० हतियारधारी बन्दुक सहितको समूहले लुटेको आरोपमा डाका , ज्यानमार्ने उधोग र हातहतियार खरखजना अपराधको फरार प्रतिवादी राधाकृष्ण मैनाली र काभ्रेकै खानीखोला गाउँपालिका वडा न. १ फ़लामेटार घर भएका वर्ष ४६ को प्रताप सिह गोलेलाई प्रहरीले पक्राउ गरेको हो।
रोशी-५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख गत चैत्र ३० गते हतियारधारी अज्ञात समूहले काटेको थियो । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम समेत फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिन बहादुर घलेका अनुसार सागर , विजय लाई पुर्पक्षका लागी थुनामा पठाएको र मैनाली र गोलेलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जनाएको छ।
बुद्धचित्त मालाको बोट १५/२० जनाको अपरिचित समूह आई गत २०८०/१२/३० गते काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको थियो भने एक समूहले त्यस घटनाको जिम्बा लिएको थियो।