सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आफु उठ्ने प्रचण्डकोे जुक्ती

आफु उठ्ने प्रचण्डकोे जुक्ती

4145
Shares
आफु उठ्ने प्रचण्डकोे जुक्ती

काठमाण्डौ । एमालेलाई थचारे र आफु उठ्ने प्रधानमन्त्री एबं एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोे जुक्ती निकै रोचक छ । कहिले एमालेलाई लोप्पा खुवाउने त कहिले कांग्रेसलाई । यस्तै तानाबुनामा उनी भिडेका छन् । विद्युतीय मतदानको डेमो हेर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेसिनको करामत हेरे, आफैले मतदान पनि गरेर हिरोइजम पनि देखाए ।
मात्र यत्ति भने, शंका नगरौं, चुनाव हुन्छ । संविधान संशोधन प्रस्ताव पारित हुने स्थिति नभएर प्रधानमन्त्री पारित गराउन अनेक जालझेल गरिरहेका छन् ।
अव एमालेलाई समेत मान्य हुने र मधेसी मोर्चाका सदस्य पार्टीहरुले पनि चित्त बुझाउने प्रकारको पुरक संविधान संशोधन प्रस्ताव लेखन सुरु गराएका छन् प्रधानमन्त्रीले । के एमालेलाई र मधेसी मोर्चालाई एकै डालोमा हालेर क¥यापझ्याप पार्न सक्लान् त प्रचण्डले ? यस्तै चर्चा राजनीतिक विज्ञहरुले गरेका छन् ।
पुरक संशोधन प्रस्ताव पारित भएपछि मात्र चुनाव घोषणा गर्ने तयारी छ प्रधानमन्त्रीको । त्यसो त तर चुनाव भन्दा पनि तनाब आज भोली उनलाई नेपाल प्रहरीको छ । प्रहरीको नेतृत्वका लागि भिडेका नवराज सिलवाल र जयबहादुर चन्दको रस्साकस्सी बढेपछि कांग्रेसका देउवाले चन्द बाहेक हुदैन भनिदिए । प्रचण्डले आफ्नो पार्टीको बैठक पनि बोलाए तर के गर्ने निर्णय लिन भने सकेनन् । स्मरणरहोस् प्रचण्डले सिलवाललाई आइजीपी बनाउने आश्वासन दिइसकेका छन् ।

4145
Shares

ट्रेन्डिङ