सबैको समाचार
शनिबार, अशोज २४, २०८३
  • होमपेज
  • बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

120
Shares
बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

काभ्रे :- बनेपामा बसको ठक्करबाट स्कुटरमा पछाडि सवार एक जनाको मृत्यु भएको छ।

बनेपा नगरपालिका–७ चारदोबाटो चोक नजिक शुभकामना हल अगाडि बनेपा–पनौती सडकखण्डमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरमा पछाडि सवार पनौती नगरपालिका–८ मल्पीका ६९ वर्षीय देवेन्द्रबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै हातमा चोट तथा छातीमा भित्री चोट लागेका खत्रीलाई उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले करिब १२ः२२ बजे उनलाई मृत घोषणा गरेका थिए।

स्कुटर चालक ४१ वर्षीय सन्तोष खत्री भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस, स्कुटर र बस चालक पनौती नगरपालिका–३ कुशादेवीका करिब ४० वर्षीय सुरेश सापकोटालाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ।

120
Shares

ट्रेन्डिङ