सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रजनीकान्त तामिलनाडुको सत्ता सम्हाल्दै

रजनीकान्त तामिलनाडुको सत्ता सम्हाल्दै

4160
Shares
रजनीकान्त तामिलनाडुको सत्ता सम्हाल्दै

तमिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएपछि मुख्यमन्त्रीको दावेदारीका लागि विभिन्न दलका नेताहरुविच रस्काकस्सी सुरु भएको छ । विभिन्न दलका नेताहरुले आफु मुख्यमन्त्रीको दाबी गरिरहे पनि स्थानिय जनताले भने स्वच्छ छबीको ब्यक्ति खोजी गरेका छन् । जतनाको भावना अनुरुप तमिल सुपरस्टार रजनीकान्त राजनितीमा प्रवेश गर्ने योजनामा छन् ।
रजनीकान्तलाई केहि ब्यक्तिले एउटै छुट्टै दल गठन गर्न सुझाब दिएका छन् । त्यसो त लमिलनाडु क्षेत्रमा भाजपाको प्रभाव थोरै रहेकाले भाजपासँग तालमेल गरेर चुनाबमा जान सुझाब समेत दिएका छन् ।
तमिलनाडुमा रजनीकान्तलाई एउटा ब्राण्डको रुपमा हेरिन्छ । राष्ट्रिय स्वयंसेवक संघका प्रवक्त एस गुरुमुर्तिले पनि रजनीकान्तलाई आफ्नो छुट्टै पार्टी बनाउन सुझाब दिएका छन् ।
रजनीकान्तका मित्र अमिताभ बच्चनले भने रजनीकान्तलाई राजनितीमा नलाग्न सुझाब दिएका छन् । अमिताभ र रजनीकान्तले केहि फिल्ममा संगै काम गरेका थिए । कांग्रेस पार्टीका तर्फवाट राजनितीमा प्रवेश गरेका अमिताभले पनि राजनितीप्रति मोहभंग भएको टिप्पणी गरेका थिए ।

4160
Shares

ट्रेन्डिङ