सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

3080
Shares
स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनल भारी हिमपात र अत्यधिक चिसोको मौसममा पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा सफल भएका छन् । यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम मानिन्छ । तरपनि उनी हिजो मङ्गलबर सगरमाथाको शिखर पुगेका थिए ।
प्रेम दिवसका अवसरमा श्रीमान÷श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा गएका भए पनि श्रीमती कार्लोस भने सगरमाथाको तेस्रो शिविरमा पुगेपछि बिरामी परेर फर्केकी थिइन् ।
भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण गर्नु खतरनाक मानिन्छ । यही समयमा साहसिक काम गर्ने भन्दै स्पेनिस जोडी सेभेन समिट एजेन्सीमार्फत अरोहणमा गएको सेभेन समिटका प्रबन्धक निमेष कार्कीले बताउनु भयो ।

3080
Shares

ट्रेन्डिङ