सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सौल नेपाल गुम्बाद्वारा आयोजित ल्होसार विशेष साँस्कृतिक कार्यक्रम को तयारी पूरा……

सौल नेपाल गुम्बाद्वारा आयोजित ल्होसार विशेष साँस्कृतिक कार्यक्रम को तयारी पूरा……

3830
Shares
सौल नेपाल गुम्बाद्वारा आयोजित ल्होसार विशेष साँस्कृतिक कार्यक्रम को तयारी पूरा……

कोरिया, सौल, | सेर साङबो शेर्पा
नेपालीहरूको महान चाड अग्नि स्त्री चरा वर्ष २१४४ औ ल्होसार तथा भगवान बुद्धको महान तिथि छ्योठुल दुईछेन (रिध्दी प्रतिहर्या दिवस)को अवसर पारी सौल नेपाल गुम्बाद्वारा यही मार्च १२ तारिख आइतवार आयोजना हुन लागेको ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको सौल नेपाल गुम्बाको प्रमुख लामा कुन्साङले जानकारी दिनु भयो ।
सौल नेपाल गुम्बाको यही २०१७ जनवरी ८ तारिकका दिन औपचारिक रुपमा उद्घाटन गरी गरिएको थियो । यो दक्षिण कोरियामा नेपालीहरुद्वारा निर्माण गरिएको पहिलो गुम्बा रहेको पनि हो ।
यसरी पहिलो पटक सौल नेपाल गुम्बाद्वारा स्थापना भएको छोटो अबधि मै कोरियामा क्रियाशील संघ संस्था तथा सम्पूर्ण नेपालीहरुलाई एकीकृत गर्दै ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी उदाहरणीय कार्य गर्न लागिएको हो ।
यस ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको मुख्य उदेश्य भनेको हामी नेपाली विश्वको जून सुकै मुलुकमा रहेपनी आफ्नो भाषा, धर्म, संस्कार, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्नुपर्छ भन्ने मूल नारा का साथ सम्पूर्ण नेपालीहरुलाई एक जूट गराई ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजन गरी शुभ कामना आदान प्रदान गर्नुको साथै अपाशी सद्भाव बढाउनु रहेको बताउनु भएको छ ।
उक्त ल्होसार विशेष साँस्कृतिक कार्यक्रम भब्य सफल बनाउन अहिले बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु कार्य बिभाजन गरी खटिरहेको आयोजक कमिटीको एक सदस्यले जानकारी दिए ।
कार्यक्रममा विशेष स्थानीय कलाकारहरुले नेपालीहरुको आफ्नो मौलिक पहिचान झल्किने खालको बिभिन्न जात जातीहरुको नृत्य देखाउने, कार्यक्रममा आउनुहुने महानुभावहरुलाई आयोजक कमिटीको तर्फबाट निशुल्क खानपिनको समेत ब्यबस्था समेत रहेको आयोजक कमिटिले बताएको ।
सौल नेपाल गुम्बाद्वारा आयोजना गर्न गैरहेको ल्होसार विशेष संस्कृतिक कार्यक्रमलाई भब्य सफल बनाउन अहिले बिभिन्न अनलाइन मिडिया मार्फत प्रचार गरिएको छ ।
कार्यक्रम २०१७ मार्च १२ तारिक आईतवार सउल थुकफेल्सी गाङनाम गू ट्रेन लाईन नम्वर ३ देछोङ स्टेशन । ५ नम्वर गेट । ५ नम्वर बस ५ स्टप मा ईल वान्ज्ञदुङ जुमिन सेंटर मा हुने भएको छ ।
ल्होसारको लाप्सो तथा सम्पूर्ण प्राणिहरु लाई सुख, शान्ति होस् भन्ने उदेश्यले बिहान महाकालको पूजा गरिने भएको छ । उक्त पूजा पाठ भने सोलनेपाल गुम्बामा हुने भएको छ ।
कार्यक्रममा नेपाली भाषी संघ संस्थाहरुको प्रमुख, विशेष,आथित्यमा कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम भब्य सब्या रुपमा सफल बनाउन कोरियामा रहेका सम्पूर्ण नेपाली दाजू भाइ तथा दिदी बहिनीहरुलाई आयोजक कमिटीले उपस्थितिको लागी आवाहन गरेको छ ।

3830
Shares

ट्रेन्डिङ