सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सम्सारा रेमिटको हुण्डी कारखानामा अब पारस नबस्ने ?

सम्सारा रेमिटको हुण्डी कारखानामा अब पारस नबस्ने ?

3925
Shares
सम्सारा रेमिटको हुण्डी कारखानामा अब पारस नबस्ने ?

प्रशान्त तामाङ । काठमाडौं
रातारात हंसराज जैन, जीवनबाबु श्रेष्ठ, सुरज क्षेत्रीर जगत रिजालले हुण्डीबाट नेपालको ‘कालो धन’ भित्र्याउने सम्सारा रेमिटको विज्ञापनमा अब क्रिकेटर पारस खड्काले नखेल्ने भएका छन् । विदेशमा रहेका युवा, विद्यार्थी र कामदारहरुको क्रेज बढाउन सम्सारा रेमिटले पारस खड्कालाई विज्ञापनमा खेलाई चोरबाटोबाट हुण्डीको कारोबार गरिरहेको भेटिए पछि आफु बदनाम भएको खड्काले आफ्ना सहकर्मीसँग बताएका छन् ।
सम्सारा रेमिटका ४ भाई बिरुद्ध सिआईबी (CIB), आन्तरिक राजश्व विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेपछि छानविन अन्तिम चरणमा पुगेको स्रोतको दावी छ ।
नेपालमा पैसाको रेमिटेन्सको कारोबार नगर्ने तर विशेदबाट रेमिटेन्सको नाममा नेपालका सुन तस्कर, विदेशी आंतकवादीहरुको पैसा हुण्डीबाट रातारात नेपाल भित्र्याउने सम्सरा रेमिटको लगानी सुनतस्कर र नक्कली भारु तस्करहरुसँग रहेको सिआईबीको दाबी छ । हंसराज जैन आफैमा कर छलीमा परेका आर्थिक माफिया हुन ।
उनीको नेतृत्वमा रहेको सम्साराले राज्यको कर छल्ने मात्रै गरेका छैनन् । नेपालमा कालो धन भित्र्याउने र देशको अर्थतन्त्र नै तहसनहस बनाउने काम समेत गरेको खुलासा भएको छ ।
विशेष गरि सुन व्यापारी, माडवारी, जाली भारु नोट तस्करहरु र आंतकवादीले ल्याउने कालो धनलाई हुण्डी मार्फत नेपाल भित्र्याई सेतो धन बनाउने मुख्य योजनाकार हंसराज जैन रहेको भेटिएको छ ।
IME  रेमिटबाट यो धन्दा सिकेर आएका जीवन, सुरज र जगत लगायतको टिमले रेमिटेन्सको नाममा हुण्डीको कारोबार गर्दा पनि राज्य चुप लाग्नुको पछाडी कसको हात छ । त्यो खोजीको विषय अब बन्ने छ ।
राज्यलाई कर छल्नु आर्थिक अपराध हो । सम्सारा रेमिटले रेमिटेन्स्को नाममा हुण्डीको कारोबार गरेको खुलासा भएपछि कारवाही किन हुँदैन ?
नेपाल राष्ट्र बैंकमा समेत सम्सरा रेमिट बिरुद्ध उजुरी परेपछि त्यसबारेमा अनुसन्धान शुरु भएको बुझिएको छ ।
के तपाईकोमा उजुरी आएको नै हो त भनी एक डेपुटी गर्भनरलाई प्रश्न गर्दा उनले भने उजुरी धेरैको छ । तपाईले भनेको नामको पनि छ हामी छानवीन कै प्रक्रियामा छौं ।
पछिल्लो समय नेपालमा रेमिटेन्स् घट्नुको पछाडी हुण्डीको कारोबार बढ्नु नै हो यस कार्यमा रेमिटेन्स्को नाममा दर्ता भएर हुण्डी गर्ने र गराउने रेमिटेन्स कम्पनीहरु नै रहेको बुझाई राष्ट्र बैकको छ ।
रेमिटेन्स कम्पनी नै खोली प्रभु मनी र IME जस्ता कम्पनीका मालिक अर्वपति भएका घटना हाम्रा सामु छन् । त्यो हुण्डीबाटै भएको सर्वविभितै छ । अहिले यस्तै हुण्डीको कारोबार सम्सारा रेमिटले गरेको भेटिएको छ ।
राष्ट्र बैंक, अन्तरिक राजश्व विभाग र सिआईबी किन कारवाही गर्दैन यसको उत्तर अब सरकारले दिनु पर्दछ कि पदैन ? कहाँ छन् अर्थमन्त्री कृष्ण बहादुर महरा कहाँ छ राज्य ? राजतिलक साप्ताहिकबाट

3925
Shares

ट्रेन्डिङ