सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • कोरियाबासी नेपालीलाई जलविद्युतमा लगानि गर्न अनुरोध

कोरियाबासी नेपालीलाई जलविद्युतमा लगानि गर्न अनुरोध

6030
Shares
कोरियाबासी नेपालीलाई जलविद्युतमा लगानि गर्न अनुरोध

सेर साङबो शेर्पा । कोरिया
नेपालको पानी जनताको लगानी उज्यालो अभियान भन्ने मूल नाराकासाथ नेपाली दूतावास र एन आर एन दक्षिण कोरियाद्वारा संयुक्त रूपमा राजधानी सोलमा नेपाल सरकारका माननीय उर्जा मन्त्री जनार्दन शर्माको प्रमुख अथित्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा उर्जा मन्त्री शर्माले दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ढुक्क भएर जलविद्युतमा लगानी गर्न अनुरोध गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले राम्रो प्रतिफल दिने आयोजनामा विशेष कोरियामा रहेका नेपाली जनताहरुको लगानी भित्र्याउने उद्देश्यका साथ आफु कोरिया आएको बताउदै कोरियाबासी नेपालीले छुट्टै एउटा आयोजना बनाई सफल पारीदिन आग्रह गरेका हुन् ।
कोरियाबाट यो भन्दा अघि लगानि गरिएका जलविद्युतमा लगानी पारदर्सी नभएको भन्ने पत्रकारहरुको फरक
प्रसंगमा उहाँले अहिलेको आयोजना फरक रहेको र यसको जिम्मेवारी नेपाल सरकारलेलिने बताउनु भयो ।
उक्त कार्यक्रममा कोरियामा क्रियाशील बिभिन्न संघ संस्थाको प्रतिनिधि र नेपालीहरु बाक्लो उपस्थिति रहेको थियो ।

6030
Shares

ट्रेन्डिङ