सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • गैँडाको नक्कली खाग र खाग बनाउने उपकरणसहित तीन पक्राउ

गैँडाको नक्कली खाग र खाग बनाउने उपकरणसहित तीन पक्राउ

3490
Shares
गैँडाको नक्कली खाग र खाग बनाउने उपकरणसहित तीन पक्राउ

गैँडाको नक्कली खाग र खाग बनाउने उपकरणसहित प्रहरीले ललितपुरको खुमलटारबाट तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुर फापरबारीका सोमबहादुर सिङ्गर, धियाल गाविसका अनिलबहादुर लामा र ललितपुर, सानोगाउँ बस्ने काभ्रेपलाञ्चोक बल्थलीका शक्ति घिमिरे छन् ।
दुर्लभ वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने प्राप्त सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोेबाट खटिएको प्रहरी टोलीले ९४८ ग्राम तौल भएको गैँडाको जस्तो नक्कली खाग एक थान, नक्कली खाग बनाउन प्रयोग गरेका सामान हेक्सो ब्लेट एक, फलाम काट्ने कैँची एक, पिलास दुई, सानो हथौडा दुई, ठूलो हथौडा दुई, रेती दुई, छिनो एक, मूर्तिमा खोप्ने टाँगो तीन, मूर्तिमा लेप लगाउने फलाम एक र कोइलासहित उनीहरुलाई पक्राउ गरेको हो ।
गैँडाको जस्तो नक्कली खाग एक थानसहित सिङ्गर लामालाई चैत ८ गते पक्राउ गरी बुझ्दा उक्त खाग घिमिरेबाट खरिद गरेको खुल्न आएको थियो ।
घिमिरेले आफ्नो कोठामा विभिन्न सामान प्रयोग गरी गैँडाको खाग जस्तै नक्कली खाग बनाई बिक्री गर्ने गरेको बताएपछि उनलाई ललितपुरबाट नक्कली गैँडाको खाग बनाउन प्रयोग गरेका विभिन्न सामानसहित चैत ९ गते पक्राउ गरिएको हो ।
थप अनुसन्धान एवम् आवश्यक कानुनी कारबाहीका लागि ब्युरोले उनीहरुलाई जिल्ला वन कार्यालय ललितपुरमा बुझाएको छ । रासस

3490
Shares

ट्रेन्डिङ