सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रायनले कार्किले बनाए कोरियन म्यूजिक भिडीयो

रायनले कार्किले बनाए कोरियन म्यूजिक भिडीयो

6000
Shares
रायनले कार्किले बनाए कोरियन म्यूजिक भिडीयो
पछील्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त हुँदै गैरहेका गायक/निर्देशक रायन कार्किले निर्देशन गरेको गायक प्रमोद सुनुवारको “कसरी” बोलको गीतको म्युजिक भिडियो आजबाट सामाजिक संजाल यु-ट्युब र ईमेज च्यानल बाट सार्वजनिक भएको छ। गायक प्रमोद सुनुवारद्वारा रचना एबम संगीत बद्द उक्त गीतलाई श्रीजन नेपालले एरेन्ज गरेका हुन।
यसका निर्देशक रायनले उक्त भिडियोलाई  युवा पुस्तालाई लक्ष्यित गरेर कोरियन फ्लेवरमा निर्माण गरेका हुन। “कसरी” गीतको भिडियोको हरेक फ्रेमिङ शट र यस्को कलरिङ्ग हेर्दा कोरियन भिडियो हेरेको महसुस जो कसैले गर्न सक्छ।
बियोगान्त थिममा तयार गरिएको  भिडियोमा मोडलद्वय उरिशा र सुदिप मगरको अभिनय हेर्न सकिन्छ।सिमा गुरुङको श्रिङ्गार रहेको भिडियोमा सुमित नेपालीको क्यामरा वर्क तथा दिपक बिष्टको सम्पादन रहेको छ।
भिडियो हेर्नहोस्।
https://www.youtube.com/watch?v=63c9AaKFucY
6000
Shares

ट्रेन्डिङ