सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जुलाई ३१ मा नोकिया एट आउँदै

जुलाई ३१ मा नोकिया एट आउँदै

3240
Shares
जुलाई ३१ मा नोकिया एट आउँदै

नोकियाले नोकिया थ्री, नोयिक फाइभ तथा नोकिया सिक्स स्मार्टफोन लञ्च गरिसकेको छ । नोकियाका उपर्युक्त फोनसेटहरुले प्रयोगकर्ताहरुबाट राम्रै प्रतिक्रिया पाइरहेका छन् । अब चाहीँ नोकियाले उच्च मूल्य तथा गुणस्तरको नोकिया एट ल्याउँदैछ । नोकिया ब्राण्डको स्वामित्व लिएको एचएमडी ग्लोबलले नोकिया एट स्मार्टफोन लञ्च गर्न लागेको खबर सार्वजनिक भएको छ । खबर अनुसार आगामी जुलाई ३१ मा नोकिया एट लञ्च हुनेछ ।
जर्मन वेबसाइट विनफ्यूचरका अनुसार नोकिया एट आगामी जुलाई ३१ मा लञ्च गर्ने तयारी छ । यसअघि नोकियाले नोकिया एट तथा नोकिया नाईन गरी दुई स्मार्टफोन एकसाथ यो वर्षको उत्तरार्धमा सार्वजनिक गर्ने अनुमान गरिएको थियो । तर पछिल्लो समाचारले चाहीँ तत्कालै नोकिया एट सार्वज्निक हुने संकेत गरेको हो ।
रिपोर्ट अनुसार नोकिया एट मोडल नम्बर टीए १००४ को नामबाट आउन सक्छ । नोकिया एटको स्पेसिफिकेसन तथा मूल्यका विषयमा पनि केही तथ्यहरु सार्वजनिक भएका छन् । जसअनुसार नोकिया एटमा सबैभन्दा पछिल्लो प्रोसेसर स्नापड्रागन ८३५ प्रयोग गरिनेछ । यसमा चार गिगाबाइटको र्‍याम तथा ६४ गिगाबाइटको स्टोरेज हुनेछ ।
नोकिया एट दुई मोडेलमा आउनेछ । एउटा सिंगल सिमकार्डवाला र अर्को डुअल सिमकार्ड वाला । खबर अनुसार नोकिया एटको मूल्य ५ सय ८९ युरो पर्नेछ । यो मूल्य चाहीँ युरोपेली बजारको हो । अन्य बजारमा चाहीँ यो तुलनात्मक रुपमा सस्तो मूल्यमा बेचिनेछ । यो फोनमा ५.७ इन्चको डिस्प्ले, एन्ड्रोइड ७.१.१ नोगट अपरेटिङ सिस्टम, १३ मेगापिक्सेलका दुई क्यामरायुक्त डुअल क्यामरा सेटअप तथा डुअल एलइडी फ्लास हुनेछ ।
-एजेन्सी

3240
Shares

ट्रेन्डिङ