सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस्

फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस्

4670
Shares
फोन ढिलो चार्ज हुन्छ ? यी टिप्स अपनाउनुस्

एजेन्सी। फोनलाई चार्ज गर्न धेरै समय छैन तर छिट्टै चार्ज हुँदैन। फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्यट्री फुल नहुने समस्या तपाइलाई पनि परेको होला। फोन एकैपटक चार्ज हुँदैन विस्तारै हुन्छ। यो समस्या पुरानो मात्र होइन नयाँ फोनमा पनि छ। समय नभएको बेला हामी छिटो चार्ज गर्न चाहन्छौं। यदि तपाइँ पनि फोनलाई छिटो चार्ज गर्न चाहनुहुन्छ भने यी टिप्स अपनाउनुस् ।
१. फोनलाई ओरिजिनल चार्जरबाट मात्र चार्ज गर्नुस्। अन्य ब्राण्डका चार्जरले फोनको चार्जिङ ढिलो हुन्छ।
२. चार्ज गर्दा फोनलाई एरोप्लेन मोडमा राख्नुस्। यसो गर्दा फोन छिटो चार्ज हुन्छ।
३. फोन चार्ज गर्दा वाइफाइ र ब्लुटुथ कनेक्टिभिटी बन्द गर्नुहोस्।
४. फोनमा एनएफसी मोड अफ गर्नुहोस्।
५. फोनको ब्राइटनेस कम गर्नुहोस्। यसो गर्दा चार्ज छिटो हुन्छ।
६. चार्ज गर्दा मोवाइल डाटा अफ गर्नुहोस्।
७. बजारमा पाइने फास्ट चार्जरको प्रयोग पनि गर्न सकिन्छ।

4670
Shares

ट्रेन्डिङ