सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • भन्सार छलेर सुनको कारोबार गर्ने ५ जना पक्राउ

भन्सार छलेर सुनको कारोबार गर्ने ५ जना पक्राउ

2310
Shares
भन्सार छलेर सुनको कारोबार गर्ने ५ जना पक्राउ

काठमाण्डाै । भन्सार छलेर सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज साेमवार सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी इनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका–२ घर भई हिले काठमाण्डाैकाे बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतार एअरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाण्डाै सिनामङ्गलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट प्रहरीले २६ लाख ५१ हजार आठ सय पाँच रुपैयाँ बराबरको तीन थान सुनको ढिक्का (दुई सय १४ दशमलव ३६ ग्राम), तीन थान सुनका सिक्री (५० दशमलव .०१ ग्राम) र एक लाख १० हजार रुपैयाँ बरामद गरेको थियो । उनीहरूलाई भन्सार ऐन २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

2310
Shares

ट्रेन्डिङ