सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • माटाको ढिस्कोले पुरिएर १ जनाको मृत्यु ;एक घाईते

माटाको ढिस्कोले पुरिएर १ जनाको मृत्यु ;एक घाईते

865
Shares
माटाको ढिस्कोले पुरिएर १ जनाको मृत्यु ;एक घाईते

गुल्मी ।  गुल्मीमा माटाको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घर लिप्ने माटो खन्ने क्रममा रेसुङ्गा नगरपालिका–१४ कि ५५ वर्षकी बिष्णु रानाको मृत्यु भएको हो । सोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएकी छिन् ।

शनिबार दिउँसो पराल्मीस्थित चौराहामा घर लिप्नका लागि ६ जना गएका थिए । माटो खनिरहेका बेला अचानक ढिस्को खस्दा विष्णु र हुमकला पुरिएका थिए ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

865
Shares

ट्रेन्डिङ