सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ३० वर्ष कैद सजाय पाएको फरार पक्राउ

३० वर्ष कैद सजाय पाएको फरार पक्राउ

5200
Shares
३० वर्ष कैद सजाय पाएको फरार पक्राउ

सिरहा, पुस , ८ ,  गते , एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।अर्नमा गाउँपालिका–५ ९तत्कालीन सिरहा कृष्णपुर गाविस–८० का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्या आरोपमा १० र उनकी ६ महिनाकी नातिनीको हत्या आरोपमा २० वर्ष गरी ३० वर्षको कैद सजाय पाएर फरार सिरहा नगरपालिका–२० लगडीगडियानी का ६८ वर्षीय हिरवा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

विसं २०४४ पुस १३ गते अर्नमा गाउँपालिका–५ स्थित आफ्नै घरमा रहेका रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी हत्या गरेको तथा सिरहा नगरपालिका–१९ स्थित गागन खोलामा ६ महिनाकी नातिनीको हत्या गरेको भन्दै मृतकका बुबा जगदेव यादवले जिल्ला अदालत सिरहामा सहनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत सिरहाले सो घटनामा दोषी ठहर गर्दै सहनीलाई दुवै दाजुभाइको हत्या अभियोगमा १० वर्ष र नबालिकाको हत्या अभियोगमा २० वर्ष गरी ३० वर्ष कैद सजायको फैसला भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

यस्तै सरकारी कागज कीर्ते मुद्दामा फरार सिरहाको अर्नमा गाउँपालिका–३ लालपुरका ४० वर्षीय राजदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अर्नमा सिरहाबाट खटिएको प्रहरी टोलीले आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा शर्मालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले गोलबजार नगरपालिका–१० धरमपुरस्थित बुद्ध चौकबाट प्रतिबिन्धित लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–१० का २३ वर्षीय सञ्जीव मुखियालाई पक्राउ गरेको छ ।  पक्राउ परेका मुखियाका साथबाट लागुऔषध ब्राउन सुगर १०० मिनी ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

 

 

 

 

–  द पब्लिक टुडे बाट

5200
Shares

ट्रेन्डिङ