सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • १ सय ५० जना कृषकहरुलाई क्यान वितरण

१ सय ५० जना कृषकहरुलाई क्यान वितरण

3195
Shares
१ सय ५० जना कृषकहरुलाई क्यान वितरण

काभ्रे :- दुग्ध उत्पादक कृषकहरुलाई दुध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बेथानचोक गाउँपालिका वडा नं. ३ का १ सय ५० जना कृषकहरुलाई क्यान वितरण गरिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाका वडैपिच्छे किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताउनु भयो ।

 

वडाको कृषि तथा पशुपालक किसान लक्षित कार्यक्रमको निरन्तरता स्वरुप यो काम भएको भन्दै किसानका लागि क्यान वितरण कार्यक्रमसँगै पशुआहरका गतिविधि सञ्चलन गर्न वडालाई आग्रह गर्नुभयो ।वडा नं. ३ दुग्ध उत्पादनसँगै डेरीको पनि हब बन्दै गइरहेकोले किसान प्रोत्साहन हुने गरी काम गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।सहुलियत दरमा कृषि कर्जा, कृषि बीमा, बजारीकरणका अवधारणा बन्दै गएको भन्दै उहाँले किसानले किसान हुँ भनी गर्व गर्ने खालका कामहरु गर्दै जाने बताउनुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कृषि उत्पादनको सदुपयोग गरी औद्योगिक विकास, नयाँ नयाँ प्राविधि जोड्दै कृषि उत्पादनका लागि कच्चा पदार्थहरू मल, बीउ, औषधि, प्रविधि र प्राविधिक सेवामा गाउँपालिकाले ध्यान दिदै जाने बताउनु भयो ।उहाँले बेथानचोकको हावापानी कृषिका लागि राम्रा भएकोले कृषिबाटै समृद्धि खोज्नु पर्ने कुरा औल्याउनु भयो ।

 

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष एवं कार्यक्रमका सभापति कुबेर ढकालले कृषिलाई अन्तिम विकल्प ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र कृषि कर्ममै सम्भावना छ भन्ने सन्देश दिन किसानहरुलाई क्यान वितरण गरिएको बताउनुभयो ।कृषि क्षेत्रमा आकर्षण बढाउन र निम्न आय भएका किसानको जीवनस्तर माथि उकास्ने हेतुले किसानमुखी कार्यक्रमको नीति बनाउँदै जाने भन्दै उहाँले वडाको भू–भाग उच्च भएकोले जुम्लाको मार्सी धान र जुम्ली स्याउ उत्पादन गर्न परीक्षण गरी उत्पादन गर्न प्रयत्न गरिने बताउनु भयो ।

 

3195
Shares

ट्रेन्डिङ