सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ

अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ

1920
Shares
अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीको टीकापुरबाट अवैध रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूलाई मंगलबार साँझ राजस्व अनुसन्धान तथा औद्योगिक शिक्षालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित पाँचसयका भारतीय नोटसहित ३ लाख ८७ हजार भारतीय रुपियाँ र ६ लाख २३ हजार नेपाली रुपियाँ बरामद गरेको हो। उनीहरू चढेको एक भारतीय नम्बरप्लेटको टाटा गाडी समेत नियन्त्रणमा लिइएको शिक्षालयका प्रमुख श्रेष्ठले बताए।

अहिले नगदसहित समातिएका उनलाई राजस्व अनुसन्धान तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा राखिएको छ। उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी भइरहेको शिक्षालयका प्रमुख श्रेष्ठले बताए।

1920
Shares

ट्रेन्डिङ