काभ्रे :- जिल्लाको बनेपा वडा न ६ स्थाईघर भै हाल संगीत र कला क्षेत्रमा क्रियाशील गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् । ‘कतिन्जेल बस्नु’ बोलको गीतको भिडियो उनले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द र संगीत कार्कीकै रहेको छ । संगीत संयोजन जिवन बडुले गरेका हुन् ।
दिनेश डाँगीको निर्देशन तयार भएको भिडियोमा गायक कार्कीसँगै मोडल सन्चिता शाहीलाई अभिनयमा देख्न सकिन्छ । साथै भिडिओमा हेन्सी रिदम क्षेत्रीको पनि अभिनय रहेको छ । डेनिश खनालको छायांकन रहेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।केहि दिन अघि सार्वजनिक भएको भिडियो को युट्युवमा अपेक्षित भ्युज भने पुगेको छैन ।
भिडियो : –