सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • गाउँपालिकाको केन्द्र माग गर्दै धर्ना

गाउँपालिकाको केन्द्र माग गर्दै धर्ना

5020
Shares
गाउँपालिकाको केन्द्र माग गर्दै धर्ना

रुकुममा पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग गर्दै तकसेरा सरोकार समितिले मङ्गलबार रुकुम सदरमुकाममा प्रदर्शन गरेको छ ।
तकसेरा सरोकार समितिले बिहानैदेखि रुकुम सदरमुकाम बजार परिक्रमा गरी जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एकै साथ धर्नासमेत दिएको थियो ।
स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक सहयोग समितिले बनाएको भन्दा आयोगले फरक तरिकाले गाउँपालिकाको केन्द्र तोकेको भन्दै तकसेरावासी आन्दोलित भएका हुन् ।
सबैको पायक पर्ने स्थान तकसेरा भए पनि आफूहरुलाई अन्याय पूर्ण तरिकाले गाउँपालिकाको केन्द्र कोल गाविसमा तोकिएको कारण सङ्घर्षमा उत्रिएको सङ्घर्ष समितिका संयोजक जुद्ध बुढामगरले जानकारी दिनुभयो । तकसेरामा निषेधित क्षेत्र समेत घोषणा गरेका स्थानीयवासीले मङ्गलबारदेखि सदरमुकाम खलङ्गामा आन्दोलन सुरु गरेका हुन् ।
तकसेरामा गाउँपालिकाको केन्द्र बनाउनको लागि पर्याप्त आधार हुँदाहुँदै पनि आयोगको कार्यविधि र मापदण्डविपरीत गाउँपालिकाको केन्द्र कोलमा बनाएर ठूलो अन्याय गरेको सङ्घर्ष समितिको भनाइ छ ।
निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने र आफूहरु गाउँ नफर्कने तकसेरा सङ्घर्ष समितिका संयोजक बुढामगरले बताउनुभयो । रासस

5020
Shares

ट्रेन्डिङ