सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • हैजाका कारण सोमालियामा एक सय छ्यानब्बे जनाको मृत्यु

हैजाका कारण सोमालियामा एक सय छ्यानब्बे जनाको मृत्यु

5370
Shares
हैजाका कारण सोमालियामा एक सय छ्यानब्बे जनाको मृत्यु

हैजाका कारण सोमालियामा गत जनवरीदेखि अहिलेसम्म १९६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी संयोजकले दिएको जानकारी अनुसार सन् २०१७ सुरु भएदेखि अहिलेसम्म ११ क्षेत्र, ३८ जिल्लाका सात हजार ९०९ जनामा हैजाको प्रकोप देखिएको छ ।
हैजा फैलिएका ठाउँका समुदायका लागि स्वास्थ्यसम्बन्धी साझेदार निकायहरुले सहयोग गरिरहेको पनि पछिल्लो ताजा विवरणमा जनाइएको छ ।
समुद्री तटहरुमा हैजा उपचार केन्द्रहरु स्थापना गरेर हैजाका धेरै बिरामीको व्यवस्थापन गरिएको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।
“लोवेर जुब्बा, बनादीर र बाई क्षेत्रमा साझेदार निकायहरुले धेरै मेहनेत गरेर बिरामीहरुलाई उद्धार गरिरहेका छन्,” राष्ट्रसङ्घीय एक प्रतिनिधिले भन्नुभयो ।
उहाँले बाकुल क्षेत्रका वाजिद, बुर्धुहुन्ले, गेडो र गार्वाहारेइ जिल्ला हैजाबाट सबैभन्दा धेरै प्रभावित भएको जानकारी दिनुभयो । रासस÷सिन्ह्वा

5370
Shares

ट्रेन्डिङ