सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सरकारी कागज किर्ते गरेको आरोपमा वडा सचिव पण्डित पक्राउ

सरकारी कागज किर्ते गरेको आरोपमा वडा सचिव पण्डित पक्राउ

5455
Shares
सरकारी कागज किर्ते गरेको आरोपमा वडा सचिव पण्डित पक्राउ

सुनिल श्रेष्ठ , 
वीरगंज, पुष , ११ ,  बारा प्रहरीले बाराको पचरौता नगरपालिका वडा नं. ४ र ५ का वडा सचिव प्रभु पंडितलाई सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको छ ।पचरौता नगरपालिका वडा नं.४ स्थित सडकमा एउटी केटीलाई सोही नगरपालिका वडा नं.५ बस्ने वर्ष १८ को सोहन भन्ने जितेन्द्र महतो नुनियाले नजिकै रहेको बगैचामा लगी जबरजस्ती करणी गरेको आरोपितको जन्म मिति किर्ते गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी उधोग कसूर गरी फरार रहेका निज अझियुक्त खोजतलाशको त्रममा मिति २०७६/०८/०५ गते पक्राउ परी सम्मानित बारा जिल्ला अदालतको मिति २०७६/०९/०१ गतेको आदेशले हाल मुद्दा पुर्पक्षको सिलसिलामा कारागार कार्यालय बीरगंज थुनामा रहेको घटनामा अभियुक्तलाई फाईदा तथा पिडितलाई हानी, नोक्सानी पुर्‍याउने नियतले किर्ते गरेको आरोपमा वडासचिव पण्डितलाई पक्राउ गरिएको प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी कार्यालय बाराले जनाए अनुसार वडा सचिव पण्डितले २०५८ सालमा जन्म भएका अभियुक्तलाई २०६० सालमा जन्म भएको भनि किर्ते कागज तयार गरेको पचरौता नगरपालिका वडा नं.५ को कार्यालय बारा तथा पिडित समेतबाट उजुरी प्राप्त पश्चात लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी निज वडासचिवलाई बुधबार पक्राउ गरी बारा जिल्ला अदालतबाट पहिलो पटक ५ (पाँच) दिनको म्याद अनुमति थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।

5455
Shares

ट्रेन्डिङ