सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • डेढ महिनादेखि त्रिपालमा छन् जाजरकोटका भूकम्प पीडित

डेढ महिनादेखि त्रिपालमा छन् जाजरकोटका भूकम्प पीडित

1255
Shares
डेढ महिनादेखि त्रिपालमा छन् जाजरकोटका भूकम्प पीडित

काठमाडौं ।१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितहरु अझै पाल टाँगेर बसेका छन् ।

 सरकारले अस्थायी टहरा निर्माणमा ढिलाइ गर्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित थप समस्यामा परेका हुन् । चिसोका कारण उनीहरुको दैनिकी कष्टकर बनेको छ । चिसोकै कारण केहीले ज्यान  गुमाइसकेका छन् ।

हालसम्म रुकुम पश्चिममा चार हजार अस्थायी टहरा निर्माण भएको छ । करिब २६ हजार घरपरिवार घरबारविहीन छन् । जाजरकोटमा पनि रुकुम पश्चिमकै हाराहारीमा अस्थायी आवास बनेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म जाजरकोटमा जम्मा चार हजार १७१ वटा मात्रै अस्थायी आवास बनेका छन् । जबकि जाजरकोटमा ३३ हजार बढी घरहरूमा भूकम्पले क्षति पुर्‍याएको छ ।

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्नका लागि दुई चरणमा गरेर ५० हजार रकम दिने निर्णय गरेको छ । तर अहिलेसम्म सरकारले दिने पहिलो किस्ता (२५ हजार रुपैयाँ) नपाएको गुनासो पिडितहरुको छ

पुस, माघको चिसो दिनानुदिन बढ्दै छ । तत्काल ओत लाग्ने ठाउँ नभएसम्म ज्यान थप जोखिममा पर्ने देखिन्छ। स्थायी टहरा निर्माणमा सरकारले चासो दिएन जसले गर्दा भूकम्पपीडितहरूको बिचल्ली भइरहेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा १ सय ५३ जनाले ज्यान गुमाएका थिए ।

1255
Shares

ट्रेन्डिङ