सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • दुई ब्यक्ति दुई किलो चरेस सहित पक्राउ

दुई ब्यक्ति दुई किलो चरेस सहित पक्राउ

4755
Shares
दुई ब्यक्ति दुई किलो चरेस सहित पक्राउ

ईन्द्र बहादुर थापा,बनेपा/काभ्रे जिल्लाको साँगा प्रहरी चौकीमा चेक जाच गर्ने क्रममा दुई ब्यक्ति दुई किलो चरेस सहित पक्राउ परेका छन् ।
प्रहरी चौकी साँगाले काठमाण्डौबाट बनेपातर्फ आउँदै गरेको मोटरसाईकल संकास्पद लागि मोटरसाइकल चेक जाँच गर्दा दुई किलो चरेश फेला परेको हो । चरेश सहित मोटरसाइकलमा सवार पाँचखाल १० का ४८ वर्षिय कान्छा सार्की र मंगलुपुर–२ चितवनका ५२ वर्षिय दिपक लामालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी साँगाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइसकेकोमा जिल्ला प्रहरी काभ्रेका डिएसपी महेन्द्र मरासीनीसँग बुझ्न खोल्दा अनुसन्धान भइरहेको बताए । उनले थप कुरा भने बताउन चाहेन । प्रहरीले मोटर साइकलको नम्बर समेत खुलाउन चाहेन । गोप्य स्रोतका अनुसार प्रहरी कार्यालय साँगाले बिहान १०ः१० बजे काठमाण्डौबाट मोटरसाइकालमा बनेपा तर्फ आइरहेको बेला बनेपा नगरपालिका वडा नम्बर १४ काक्राबारीमा मोटरसाइकलमा आएका उनीहरुमाथि शंका लागि प्रहरीले चेकजाच गर्दा २ किलो चरेस सहित दुई जना पक्राउ परेको हो । थप सूचना प्रहरीसँग माग्दा प्रहरीहरुले नै कहिले साँगा प्रहरी चौकीलाई देखाउने र कहिले जिल्ला प्रहरी कार्यालयलाई देखाएर पन्छिन खोजेको छ । पक्राउ परेका लामा र सार्की हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

4755
Shares

ट्रेन्डिङ