सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको नमोबुद्धमा मृत दम्पती फेला

काभ्रेको नमोबुद्धमा मृत दम्पती फेला

6330
Shares
काभ्रेको नमोबुद्धमा मृत दम्पती फेला

काभ्रे कार्तिक १९,काभ्रेको नमोबुद्धमा मृत दम्पती फेला परेको छ। नमोबुद्ध (८, तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् । धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्ष्कि रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपि जयराज सापकोटाले जानकारी दिए । क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरि चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो ।

घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । घरमा नै चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्रि गर्दै आएका थिए । छिमेकीका अनुसार, राती ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आशन्का गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

6330
Shares

ट्रेन्डिङ