सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • काभ्रे घर भैइ काठमाडौ बस्ने बाबुले गरे आफ्नै छोरीलाई बलात्कार

काभ्रे घर भैइ काठमाडौ बस्ने बाबुले गरे आफ्नै छोरीलाई बलात्कार

7045
Shares
काभ्रे घर भैइ काठमाडौ बस्ने बाबुले गरे आफ्नै छोरीलाई बलात्कार

काठमाडौं ,पुष , १५ ,    आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। बाबुसँगै डेरामा बस्दै आएकी २२ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा काभ्रे मण्डनदेउपुर घर भई टोखा-९ गोंगबु बस्दै आएका ४० वर्षीय बाबुलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो।

बाबुले बलात्कार गरेपछि पीडित युवतीले प्रहरीमा खबर गरेकी थिइन्। ‘पटक-पटक बलात्कार गर्दै आएको पीडितले बताएकी छन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले भने, ‘सोमबार राति पीडित स्वयंले खबर गरेपछि बाबुलाई पक्राउ गरिएको हो।’

बाबु र छोरी दुबैको स्वास्थ्य परीक्षण प्रसुति गृहमा गरिएको छ। परीक्षणको रिपोर्ट आइसकेको छैन। प्रहरीले बाबुलाई हिरासत लिई अनुसन्धान थालेको बताएको छ। पीडितलाई मनोवैज्ञानिक परामर्शमा राखिएको छ।

पीडितले प्रारम्भिक बयानमा पटक पटक बलात्कार गरेको बताएकी छन्।

7045
Shares

ट्रेन्डिङ