सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • १ लाख ९९ हजार नगद सहित ८ जुवाडे पक्राउ

१ लाख ९९ हजार नगद सहित ८ जुवाडे पक्राउ

2045
Shares
१ लाख ९९ हजार नगद सहित ८ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं–२६, सामाखुशी टाउन प्लानिङबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय अप्सरा मल्लको घरको माथिल्लो तलामा जुवा तास खेलाइरहेको सूचनाको आधारमा महाराजगञ्जका डीएसपी अमरबहादुर थापाको नेतृत्वमा गएको टोलीले जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा म्यादीका ५६ वर्षीया यमकुमारी पुन, धादिङका २८ वर्षीय राज घले, ३५ वर्षीय ढलबहादुर घले, लम्जुङका ३० वर्षीय मिलन घर्ती मगर, सामाखुशीकी ३४ वर्षीया सबिना खड्का, गोरखाका ३७ वर्षीय सोमप्रसाद गुरुङ, काठमाडौंका ४२ वर्षीय रुपचन्द्र श्रेष्ठ र ४० वर्षीया राजु हिराचन छन् ।

उनीहरुको साथबाट एक लाख ९९ हजार रुपैयाँ नगद र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

2045
Shares

ट्रेन्डिङ