सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु

कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु

1105
Shares
कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु

चितवन  ।  चितवन स्थित कारको टायर पड्केर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका वडा नम्बर १ लंकालाइनमा भरतपुरबाट खोले सिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्बरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

मृत्यु हुनेमा चालक काठमाडौँ महानगरपालिका-५ का विष्णु क्षेत्री रहेका छन् । क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

1105
Shares

ट्रेन्डिङ