सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • साइबर क्राइम मुद्दामा १ किशोर पक्राउ

साइबर क्राइम मुद्दामा १ किशोर पक्राउ

1940
Shares
साइबर क्राइम मुद्दामा १ किशोर पक्राउ

काठमाडौं | नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली फेसबुक आइडीमार्फत कानुन विपरीतका क्रियाकलाप गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ।

उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन।

1940
Shares

ट्रेन्डिङ