सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे आएर केकिले गरिन ट्रुमिको तारिफ

काभ्रे आएर केकिले गरिन ट्रुमिको तारिफ

2740
Shares
काभ्रे आएर केकिले गरिन ट्रुमिको तारिफ

काभ्रे | सौन्दर्य प्रशाधन कम्पनी ट्रु डर्माले आफ्ना उत्पादन विक्रेताको लागि आकर्षक स्किम ल्याएको छ ।

ट्रुमिको स्किम अनुसार, एक वर्षमा ६ लाख बराबरको विभिन्न उत्पादन विक्रि गर्नेलाई बैंकक टुर लगिने कम्पनिले जनाएको छ । बनेपाका १५ जना ब्युटीसियनहरुले आजै स्किम आकर्षक रहेको भन्दै सहभागी हुने इच्छा व्यक्त गरेका छन् ।

सौन्दर्य कला व्यवसायी संघ काभ्रेको आयोजना एवं युवा ट्रेड लिमिटेड बनेपाको व्यवस्थापनमा आज बनेपामा आयोजित कार्यक्रममा कम्पनीका विभिन्न सौन्दर्य सामाग्रीहरुका बारेमा जानकारी गराइएको थियो । कम्पनीका तर्फबाट विजय सिंगल, ब्युटीसियन प्रमिला तामाङ र अनिता बिमलीले जानकारी गराएका थिए ।

ट्रुमिको केराटिन क्रिम, ट्रिटमेन्ट क्रिम, स्याम्पु ,फेसवास ,सिरम लगायतका सामाग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले ट्रुमि ब्रान्डको आफू पनि प्रयोगकर्ता भएको भन्दै यसको प्रयोगले आफुलाई फाइदा पुगेको बताइन्।

सौन्दर्य कला ब्यवसायी संघकी केन्द्रिय सदस्य एवं अल ब्युटी पार्लर बनेपाकी संचालक लक्ष्मी श्रेष्ठले देशका अरु ठाउँमा जस्तै काभ्रेमा पनि ट्रुमीले सफलता पाउने विश्वास व्यक्त गरिन् ।

2740
Shares

ट्रेन्डिङ