सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • जुवाको खालबाट कलाकार इकु र गजित विष्टसहित ९ जना पक्राउ

जुवाको खालबाट कलाकार इकु र गजित विष्टसहित ९ जना पक्राउ

2570
Shares
जुवाको खालबाट कलाकार इकु र गजित विष्टसहित ९ जना पक्राउ

काठमाडौं | जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ ।

शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

उक्त डान्स तालिम केन्द्रलाई अभिनेता गजित विष्टले संचालन गर्छन् । उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

2570
Shares

ट्रेन्डिङ