सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

1525
Shares
भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह दिएका छन् ।गरेका छन् ।

 डा. बुढाथोकीका अनुसार हालसम्म नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एनड्ड १ को सङ्क्रमण पुष्टि भैसकेको छैन तर नेपालमा पनि सङ्क्रमण भित्रिन नदिन विभिन्न नाकामा नयाँ सङ्क्रमणलाई दृष्टिगत गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहरूमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिएका छन् ।

छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन।१ को  सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

1525
Shares

ट्रेन्डिङ