काभ्रे :- जिल्लाको दुई राजमार्ग पुर्व जाने मार्ग विपि राजामार्ग र तातिपानी नाका जोड्ने अरनिको राजमार्ग छन ।चाडबाड नजिकिए सङै राजमार्ग हुँदै यात्रा गर्ने सवारीको चाप अत्यन्तै हुने गर्दछ । सोही क्रममा दुर्घटनापनि अत्यन्तै हुने गर्छ भने सोही न्यूनीकरणका लागी राजमार्ग हुँदै यात्रा गर्ने सबै सवारी चालकलाई प्रतिबद्ध बनाउने र स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ ।
जिल्ला ट्राफिक कार्यलय काभ्रेको आयोजनामा चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता गराउन ट्राफिकले अभियान सुरु गरेको हो । बनेपा बसपार्कबाट समुदघाटन गरेर सुरु गरिएको अभियान चाडपर्व सम्म चल्ने भन्दा चालकको सदैब प्रतिवदता हुनु पर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख विकाश तामाङले जानकारी दिए। प्रतिबद्धता सङै चालकको स्वास्थ्य परिक्षण समेत अभियानको रुपमा लगीएको छ ।
विपि राजमार्ग अन्तर्गत धुलिखेल वडा न ११ र ९ को सिमानामा आकस्मिक रुपमा गरिएको स्वास्थ्य परीक्षणमा १९१ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जसमा उच्च रक्तचाँप-४६, मधुमेह-०६ तथा १० जना सवारी चालकहरुमा आँखा सम्बन्धि समस्या देखिएकोमा थप उपचारको लागी सुझाब ब्यक्त गरिएको तामाङले जानकारी दिनु भयो ।
तेस्तै अभियानको उदघाटन गर्दै जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात ब्यवासायी देखि स्थानिय सरकार तथा चालक सहचालक सबैको उतिकै भुमिका हुने हुदा सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनु भयो । भने चालकले सवारी चलाउदा आफू मात्र हैन थुप्रै जीवन मेरो हातमा छ भन्ने अनुभव गर्दै सुरक्षामा ध्यान दिन अपिल गर्नु भयो ।
विपि राजमार्ग र अरनिको दुबै सडक हुँदै यात्रा गर्ने सवै सवारी चालक र सह चालकमा यो अभियानमा सहभागी गराई सुरक्षित यात्राको लागि स्वास्थ्य परिक्षण सहित प्रतिबद्धता ब्यक्त गर्न लगाईने छ ।