सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पैतीस हजार अमेरिकि डलर देखाई नेपाली रुपैया १५ लाख ठगी 

पैतीस हजार अमेरिकि डलर देखाई नेपाली रुपैया १५ लाख ठगी 

12100
Shares
पैतीस हजार अमेरिकि डलर देखाई नेपाली रुपैया १५ लाख ठगी 

पुजन धिताल
काभ्रे , पुष , ९ ,   आज दिउसो २ बजेको समयमा धुलीखेल अस्पतालको नर्सीङ्ग होस्टल पछाडी झाँडीमा लगेर २ जना पुरुषले बिदेशीको भारी बोक्ने ट्रेकिङ्गको क्रममा फेला पारेको अमेरिकि डलर ३५०००(पैतीस हजार)छ । उक्त रकम सटही गर्ने ठाउँ पनि थाहा छैन । भनेपछी डलर देखाएर दिपेन्द्र खड्कालाई विश्वासमा पारी मोटरसाईकलमा आएका दुई जना पुरुषले अमेरिकि डलर ३५००० को बिट्टा हो भनि रुमालमा पोको पारेको एक पोका दिए ।

अनि मैले म सँग भएको नेपाली रुपैया १५ लाख रुपैया दिए । अनि उनिहरु गए । उनिहरु गए पश्चात उक्त रुमाल खोली हेर्दा डलरको आकारमा काटछाट गरेको कागजको बिट्टा मात्र रहेछ । पिडित दिपेन्द्र खड्काले भने ,

रुकुम मुसीकोट नगरपालीका वडा नं : २ भई हाल ललीतपुर उपमहानगरपालिका वडा नं २३ धापाखेल बस्ने दिपेन्द्र खड्काले जि प्र का काभ्रेमा निवेदन पेश गरेका हुन । घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ब्यहोरा जानकारी जि प्र का काभ्रेका डि एस पि दिपक गिरिले जानकारी दिए।

12100
Shares

ट्रेन्डिङ